भागवत गीता हिन्दु धर्मको अत्यन्त महत्त्वपूर्ण र सम्मानित ग्रन्थ हो। महाभारतको भीष्म पर्वमा समावेश गरिएको १८ अध्यायमा फैलिएको यो ग्रन्थ वास्तवमा जीवनलाई कसरी सही ढङ्गले बुझ्ने र कसरी धैर्य, बुद्धि र धर्मका साथ जिउने भन्ने गहन शिक्षाले भरिएको दार्शनिक संवाद हो। गीता मूलतः अर्जुन र श्रीकृष्णबीच युद्धभूमि कुरुक्षेत्रमा भएको संवाद हो, जहाँ अर्जुन युद्ध लड्ने विषयमा उत्पन्न गहिरो मानसिक संकटमा परेका हुन्छन्। यस संकटलाई हटाउँदै कृष्णले उनलाई जीवन, कर्तव्य, आत्मा, धर्म, योग र मोक्षका विषयमा दिने उपदेश नै गीताको सारसम्बन्धी शिक्षाको आधार हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।
१६ मंसिर २०८२
सरकार जनताका लागि रक्षक हो, भनिन्छ । तर, यसको ठीक उल्टो नेपाल सरकार भने रक्षक नभएर भक्षक बनेको उदाहरण मकवानपुरको हेटौडामा देखिएको छ ।
भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।
विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेका हवाई सेवा, यात्रु संख्या वृद्धि, एयरपोर्ट पूर्वाधार विकास, सुरक्षा मापदण्ड कडाइ, र Airline Management मा दक्ष जनशक्तिको अभाव देखिन थालेपछि नेपालले Aviation Management मा विशेषज्ञ उत्पादन गर्ने आवश्यकता महसुस गर्यो। यही आवश्यकता पूर्ति गर्न बनेपा (Banepa) मा नेपालकै पहिलो Bachelor of Aviation Management (BAM) कार्यक्रम स्थापना गरिएको हो।
२०० बेड भएको सेन्टरमा बिरामीको चाप बढी भएकोले बेडको अभाव छ । आधुनिक उपकरण, औषधि तथा अन्य सामाग्री खरिदका लागि बजेट पर्याप्त छैन । विशेषज्ञ चिकित्सकहरु न्यूरोसर्जन, कार्डियोलोजिष्ट, साइकाट्रिक्स, पेडियाट्रिक, अप्थल्मोलोजिष्टहरुको संख्या न्यून/अभाव रहेकोले उपचारमा समस्या भइरहेको छ । विरामीहरुको अत्यधिक चाप बढेता पनि आईसीयू वेड विस्तार गर्न सकिएको छैन भने अत्यधिक कार्यभार, अपर्याप्त वेतन र पदोन्नतिको अवसरसीमित रहेको छ । स्वास्थ्यकर्मीहरु बिदेश पलायनको प्रवृत्ति बढ्दो दरमा छ । देशभरि राम्रो रेफरल प्रणाली नभएकोले साना अस्पतालबाट गम्भीर बिरामीहरू मात्रै होइन, साधारण अवस्था भएका बिरामीहरू पनि सेन्टरमा आइपुग्ने भएको चाप वढ्दै गएको देखिन्छ । विमा दावी भुक्तानी समयमा नहुदाँ आवश्यक सामाग्री खरिद तथा जनशक्ति व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको हामीले महसुस गर्दै आएका छौ ।
थलकुमार लिङ्खा नेपाली कांग्रेस संखुवासभाबाट २०५७ देखि निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आउनु भएको छ । हालको धर्मदेवि नगरपालिका– ४, साबिकको माम्लिङ– ४ का बासिन्दा लिङ्खालाई जन्मजात कांग्रेस भन्दा फरक पर्दैन । लोकमान र पूर्णकुमारीका छोरा थलकुमारले गाउँकै माम्लिङको विद्यालयबाट पठानपाठन सुरु गर्नु भयो । मादिबाट एसएलसी र त्यसपछि धरानको हात्तिसार अनि विराटनगरबाट उच्च शिक्षा लिनु भयो ।
२०३५ को विद्यार्थी आन्दोलनमा सक्रियता जनाउँदै नेपाल विद्यार्थी संघमा आवद्ध हुनु भयो । २०३८ मा नेविसंघ, संखुवासभाको सचिव, त्यसपछि नेविसंघकै सुनसरी जिल्लाको सभापति हुँदै २०४८ मा नेविसंघको केन्द्रीय सदस्य बन्नु भयो ।
मेलम्चीको बाढी, सोलुखम्बुको थोमेमा हिउँ पहिरोबाट आएको बाढी, संखुवासभा र पाँचथरमा हेवाखोलाले मच्चाएको बितण्डा, मनाङ र मुस्ताङको कागबेनीमा आएको बाढीमात्र होइन यस वर्षा यामको सुरुमा रसुवामा भएको अप्रत्यासित लेदोसहित बाढीलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
त्यसैगरी यस वर्ष इलाममा आरीघोप्टे पानी परेर बाढी र पहिरोले अत्याधिक धनजनको क्षति पुर्यायो । पोहोर असोज १० र ११ गते र यस वर्ष असोज १७ र १८ गते परेको अविरल वर्षाले काठमाडौं उपत्यकामा समेत डुवानले तहसनहस पारेको थियो । त्यसैगरी यस वर्ष तराईमा धान खेतीको समयमा परेको खडेरी र धान थन्क्याउने बेला कात्तिक १२ देखि १५ गतेसम्मको बेमौसमी वर्षाले कृषि क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको देखिन्छ ।
नेपाली सेनाका प्रधान सेनापति सिग्देल निरीक्षणतिरनिरीक्षण भ्रमणमा निस्कनु भएको छ । उहाँले हिजो (आइतबार) भकुण्डेवेशीमा रहेको सेनाको २६ नम्बर बाहिनी अड्डा र सिन्धुलीमा रहेको ९ नम्बर बाहिनी अड्डा तथा अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गर्नु भएको सैनिक मुख्यालयले जनाएको छ ।
पाँचथरका युवा मधुराज केरुङले सम्भवतः नेपालमै पहिलो लिम्बू जातिको लोक साहित्यमा विद्यावारिधि गर्नु भएको छ । ‘लिम्बू लोक पद्यमा रस विधान’ विषयमा केरुङले विद्यावारिधि गर्नु भएको हो ।
नेपालमा सनातन हिन्दु धर्ममाथि संगठित रुपमा आक्रमण भएको जस्तो देखिन्छ, के यो सत्य हो ? अनि, कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
नेपालको प्रशासन सेवामा लामो समय बिताएर सेवा निवृत्त हुनु भएका ईन्जिनियर गणेशराज वस्तीको कविता संग्रह ‘हेल्लो म’ सार्वजनिक भएको छ ।
जब राजनीतिक दलहरू जनसमस्याबाट टाढा हुन्छन्, तब नागरिक अभियानहरू “लोकतान्त्रिक सेफ्टी भल्भ” का रूपमा अघि बढ्छन् । यिनैले जनतासँग सीधा सम्बन्ध बनाउँदै वास्तविक मुद्दा देशको केन्द्रमा ल्याउँछन् ।
राष्ट्र बचाउने काम नागरिकको मुख्य कर्तव्य किन हो ? राष्ट्र केवल सरकारको होइन । राष्ट्र सबै नागरिकको संयुक्त जीवन, पहिचान र भविष्य हो । त्यसैले, ‘राष्ट्रलाई बचाउनु नागरिकको मूल जिम्मेवारी हो ।’ भन्ने विचार यथार्थमा अधारित छ। जब देश डगमगाउँछ, जब राजनीतिक सभ्यता कमजोर पर्छ, जब आर्थिक ढोका बन्द हुन थाल्छ, त्यतिबेला जो–कोही जिम्मेवार नागरिकले उठाएको कदम नै सच्चा देशप्रेम हो ।
नेपालमा सनातन हिन्दु धर्ममाथि संगठित रुपमा आक्रमण भएको जस्तो देखिन्छ, के यो सत्य हो ? अनि, कस्तो अनुभव गर्दै हुनुहुन्छ ? प्रश्नका लागि धन्यवाद । नेपालको संविधान २०७२ ले नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्यो, जुन परिस्थिति माओवादी विद्रोह र राजनीतिक परिवर्तनको परिणामस्वरूप निम्तियो भन्दा फरक पर्दैन । यसले संविधानत ः हिजोको ‘हिन्दुराष्ट्र’ लाई राता–रात अन्त्य गर्यो
प्रहरीलाई नयाँ प्रविधिले युक्त गराउनु पर्छ । जसमा जसमा एआई समावेस भएको बहुउपयोगी ड्रोन आवश्यक पर्छ । जसवाट अडियो, भिडियो खिच्न, अश्रुग्याँस, रंग देखिने केमिकल छर्कने कार्य गर्न सकियोस् । त्यसैगरी प्रहरीलाई कमघातक हतियारहरु जसको प्रयोगले मानिसको ज्यान नजाओस्, जस्तै सर्ट गन, रवर बुलेट, ब्याङक गोली, ग्याँस गन, उच्च प्रविधिको सिल्ड, पिपर स्प्रे तत्काल दिनु पर्दछ । अनि आन्दोलनकारीलाई रोक्ने ब्यारिकेट इन्जिनियरहरुसँगको सल्लाह लिएर ठूलो, काँडेतार, पर्खाल वा अन्य प्रकारको बनाउनु पर्ने देखिन्छ ।
निजामती सेवामा सरुवामा हुने विभेदलाई राम्रोसँग बुझ्दै गएँ। आफ्ना मान्छे नहुनेको भनसुन पुग्दैनथ्यो र छनौटोमा उसको सरुवा हुन्थ्यो।मेरो सरुवामा पनि त्यस्तै भएको थियो। राजनीति र प्रशासन दुबैतर्फ उच्च तहमा मेरा आफ्ना कोही मान्छे थिएनन् र मैले काठमाडौं वरपर सरुवा माग्दा कहिल्यै पाइनँ। प्रायः अरुले छोडेको ठाउँमा नै मेरो सरुवा हुन्थ्यो, जति मिलाउन खोजे पनि सक्ने थिइनँ र अन्तिममा म त्यतै जान्थेँ।स्नातकोत्तर नगरी पदोन्नति हुन नसकिने कुरा ढिलो गरी थाहा पाएँ।ढिलै भएपनि वि.सं. २०६० मा सिभिल इन्जिनियरिङमा स्नातकोत्तरको लागि बेल्जियम जान सकेँ।त्यहाँबाट स्नातकोत्तर गरेर आई परिमार्जित दृष्टिकोणका साथ ऊर्जाशील भएर नेपाललाई पनि युरोप, अमेरिका जस्तै बनाउनुपर्छ, गरे के हुँदैन ?भन्ने सोच्थेँ र त्यसैगरी काम गर्ने जोस जाँगर पनि आउँथ्यो।तर, गर्न सकिने अवस्था भने खासै हुने थिएन। यहाँको वातावरण नै विकासका लागि सकारात्मक थिएन, जो अद्यापि त्यस्तै छ।